च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सार्वजनिक पद धारण गर्न न्यूनतम उमेरको प्रावधान राख्ने कुरा अवैज्ञानिक भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आज मङ्गलवारकाे बैठकमा बोल्दै सांसद पाण्डेले युवाहरूलाई उमेर नपुगेकै कारण कुनै सार्वजनिक पद धारण गर्नबाट वञ्चित गर्नु नहुने बताउनुभएको हो । उहाँले नयाँ पुस्ताले हरेक कुरामा सक्षमतापूर्वक नेतृत्व दिन सक्ने भन्दै युवालाई न्यूनतम उमेर भनेर राख्नुको तुक नरहेको जिकिर गर्नुभयो । उहाँले सार्वजनिक पदमा रहेर युवालाई काम गर्नका लागि न्यूनतम उमेर ताेकिएकोप्रति आपत्ति जनाउँदै शैक्षिक योग्यता, अनुभव भएमा काम गर्नबाट वञ्चित गराउनु नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नयाँ पुस्ताले हरेक कुरामा सक्षमतापूर्वक नेतृत्व दिनसक्छ । त्यसले गर्दा युवालाई हामीले कुनै पनि ठाउँमा बेला भएको छैन भनेर उमेरकै कारणले पछाडि राख्ने काम गर्नुहुँदैन । अहिले थुप्रै विधेयकमा न्यूनतम उमेर यति हुनैपर्ने भनेर यसको लजिक के हो ? मैले त्यसको जवाफ पाइरहेको छैन । शैक्षिक योग्यता, अनुभव, अधिकतम उमेर त ठिकै छ तर न्यूनतम उमेर ३५ वर्ष नै किन ? एउटा ३४ वर्षको युवाले म यो काम गर्न सक्षम छु भनेर अरू सबै योग्यता पुग्यो भने बुढ्यौली कारण नपुगेकाले सक्षम छैनौ, योग्य छैनौ, भनेर हामीले भनिरहेका छौँ । त्यसैले नेपाल सरकारलाई मेरो आग्रह छ– अधिकतम उमेर राख्न आवश्यक छ भने राखेर जाऔँ तर कुनै पनि ठाउँमा अरू योग्यता र अनुभव पुग्छ भने न्यूनतम उमेर यति हुनुपर्ने भन्ने नीति, नियम नराखौँ ।’
सांसद पाण्डेले संविधानद्वारा नीति निर्माण गरेर खाेलिएका कार्यालयहरूमा उमेर नपुगेकै कारण सक्षम नहुने भन्ने कुरामा पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले समावेशिताको कुरा एकपक्षीय रूपमा गर्न नमिल्ने भन्दै समावेशिताको कुरा हरेक पटक उठाउन नपर्ने ढङ्गबाट सरकारले आफ्ना दस्तावेज अघि सार्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।