च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – संसदीय समितिले सञ्चार प्रविधिको पूर्वाधार निर्माण व्यवस्थित गर्ने युटिलिटी कोरिडोर सम्बन्धी विधेयक तत्काल पेस गर्न निर्देशन दिएको छ ।
आज बिहीवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकले यस्तो निर्णय दिएको हो । आज समितिले नेपाल टेलिकमको सेवा गुणस्तर र ग्रामीण दूरसञ्चार विकास कोष कार्यान्वयनको अवस्था बारेमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग छलफल गरेको थियो ।
छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले आम नागरिकलाई अपरिहार्य भइसकेको सञ्चारसम्बन्धी सेवाहरू सुरक्षित रूपमा विस्तार गर्ने, खानेपानी, ढल, विद्युत् र सडक विस्तारका कामले सञ्चार प्रविधिसम्बन्धी भूमिगत उपकरणहरूमा क्षति रोक्नका लागि सरकारले तत्काल युटिलिटी कोरिडोर सम्बन्धी विधेयक तत्काल पेस गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल टेलिकमको सेवा विस्तार गर्न, गुणस्तरमा सुधार ल्याउन टेलिकमको बीटीएस टावर पनि सँग–सँगै उपयुक्त ठाउँमा जडान गर्दै जानुपर्ने जरुरी रहेको बताउनुभयो ।
सभापति खड्काले सरकारका विभिन्न निकायहरूबाट निर्माण गरिने भवनमा नै बीटीएस टावर जडान गर्न मिल्ने गरी आवश्यक मापदण्ड बनाइ कार्यान्वयनमा सहजीकरण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिनुभयो ।
सभापति खड्काले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको योजनामा रहेका तर निर्माण कार्य प्रारम्भ नभएका, बजेटअनुसार टावर निर्माणका कामहरू सञ्चालनमा नभएको, निर्माण भएर पनि निर्धारित गुणस्तरयुक्त नभएको विषयलगायतका समस्याहरूको अध्ययन गरेर तत्काल समस्या समाधान गर्ने गरी प्रतिवेदन पेस गर्न आवश्यकक व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले नेपाल दूरसञ्चार विकास कोषबाट सञ्चालित इन्टरनेट सेवा विस्तारका कामहरू लक्ष्य तथा अपेक्षाअनुसार नभएको भन्दै इन्टरनेट सेवा गुणस्तरयुक्त बनाइ छिटो सेवा विस्तार गर्ने चालु आवको स्पष्ट कार्ययोजना १५ दिनभित्र पेस गर्न पनि मन्त्रालयलाई निर्देशन दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।