च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ । शासन व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन तथा देशको बहुआयामिक विकासका लागि पनि दलहरूले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको चुनावमा महिलाकाे सहभागिता बढी भन्दा बढी सहभागिता गराउनुपर्ने सभामुख सापकोटाको तर्क छ ।
आज बिहीवार काठमाण्डाैमा आयोजित ‘निर्वाचन प्रणाली र महिला प्रतिनिधित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अहिले मतदातामा दलगत मतदान गर्ने अरूचि देखापरेको उल्लेख गर्दै त्यसलाई हटाउन पनि राजनीतिक दलहरूले आउँदाे चुनावमा प्रत्यक्षतर्फ निर्वाचन प्रणालीतर्फ महिलाहरूको अधिक प्रतिनिधित्व गराउने कुरामा जोड दिनुपर्ने बताउनुभयो । सभामुख सापकोटाले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन महिला सांसदहरूले पनि आ–आफ्नो दलमा सामूहिक पहलकदमी लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यस अवसरमा सभामुख सापकोटाले नागरिकताप्रति उत्तरदायी हुन पनि जनप्रतिनिधिलाई सचेत गराउनुभयो ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसालले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता अधिक गराउन राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण गराउनुभयो । समाजमा विद्यमान महिलाहरूलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउन पनि राजनीतिक दलहरूले आउँदाे चुनावमा प्रत्यक्षतर्फ महिलाहरूको अधिक सहभागिता गराउन पहल गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।
पूर्वसभामुख ओनसरी घर्तीले भोलिको पुस्तालाई राजनीतिमा आकर्षित गराउनका लागि पनि अहिले नै राजनीतिक दलहरूले महिलाहरूलाई प्रत्यक्षतर्फको चुनावमा बढी भन्दा बढी सहभागिता गराउन लाग्नुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले आरक्षण र विशेषाधिकार केही समयका लागि मात्रै भएकाले महिला नेतृत्व स्थापित गराउनका लागि महिला सांसदहरूले पनि पहलकदमी लिनुपर्ने बताउनुभयो ।
पूर्वसभामुख घर्तीले विशेषाधिकारको उपयोग गरेर महिलाहरुले आफूलाई कमजोर साबित गर्न नहुने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।