च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा (लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितकाे) जारी गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको दाबी गर्नुभएकाे छ । अध्यक्ष ओलीले त्याे भू–भाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा राखेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताउनुभएको हो ।
आज सोमवार काठमाण्डाैमा आयोजित डा. द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा उहाँले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसैअनुसार प्रधानमन्त्री पद गुमाउनु पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भू–भाग हो । हामी अर्घेल्याइँ गर्न चाहँदैनौँ । मैले भनेँ– राष्ट्रिय हित गर्दा राष्ट्रको पक्षमा अन्यायपूर्ण दाबी गर्न सकिँदैन, गर्नु हुँदैन । न्यायोचित मात्रै दाबी गर्नु पर्दछ । लिम्पियाधुरा, लिपुलेक, कालापानी जो १८१६ जनवरीमा सम्झौता भएर मार्चमा त्यो कार्यान्वयन भइसकेको सुघौली सन्धिले महाकालीको उद्गमस्थलको पूर्वपट्टिको भू–भाग नेपालको हो भनेर भनिसकेपछि यसमा विवादको विषय नै हुन सक्दैन । तर कहिलेबाट छोडियो ? नेपालको नक्साबाट त्यो भू–भाग हटाइयो । त्यसलाई नक्सामा सामेल गरेपछि त्यति बेला नै यहाँ ठूलाे उपद्राे मच्चिनेवाला छ भन्ने थाहा थियो । मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने कुरा थाहा थियो र नभन्दै हट्नुपर्याे ।’
ओलीले नाकाबन्दी सधैँका लागि अन्त्य गरेबापत आफूले यसअघि पनि प्रधानमन्त्री पद गुमाउनु परेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री पद गुमाउनपर्दा आफूलाई कति पनि पिर नलागेको तर सत्तामुखी भएर अहिले भइरहेका गतिविधिले भने आफू चिन्तित भएको प्रतिक्रिया दिनुभयाे । उहाँले सत्तामुखी भएर राष्ट्रिय हितलाई तिलाञ्जली दिने काम नगर्न पनि सत्तारूढ दलहरूलाई पटक–पटक सचेत गराउनुभयो ।
कार्यक्रममा उहाँले २०२६ सालमा मातृकाप्रसाद काेइराला प्रधानमन्त्री हुँदा दक्षिण छिमेकीको १७ वटा सैन्य पोस्ट उत्तरी सिमानामा राख्ने गरी भएकाे सम्झौता हटाउने काम गरेबापत तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि आफूले जस्तै प्रधानमन्त्री पद गुमाउनु परेको स्मरण गराउनुभयो ।
देशको राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि पूर्वजहरूले ज्यान दिए/लडे, हामीले अडेमात्रै पनि पुग्ने उहाँको भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।