सत्ता गठबन्धनको बैठक बालुवाटारमा

 साउन २०, २०७९ शुक्रबार ११:११:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सत्ता गठबन्धन दलको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

आजको बैठकमा प्रतिनिधि तथा प्रदेश सभा चुनावमा सत्तारुढ दलबीच सिट बाँडफाँटको विषयमा छलफल केन्द्रित छ ।

सरकारले हिजो आउँदो मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको चुनाव गर्ने गरी मिति घोषणा गरिसकेको छ ।

सरकारले चुनावको मिति घोषणा गरेपछि पाँच दलीय सत्ता गठबन्धनको पहिलो बैठक बसेको हो । शीर्ष नेताहरु चुनावी तालमेलको गृहकार्यमा जुटेका छन् ।

आजको बैठकले कार्यदल बनाउने र त्यसले तयार पारेको ढाँचाका आधारमा न्यायोचित हिसाबमा सिट बाँडफाँट हुने नेताहरुले बताएका छन् ।
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया