च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – परराष्ट्र मन्त्रालयले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलाेसीकाे ताइवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेकाे बताएकाे छ ।
आज शुक्रवार सिंहदरबारमा आयाेजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सासले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपाल सधैँ ‘एक चीन नीति’ को समर्थनमा रहेको पनि स्मरण गराउनुभयो । अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो देशको सार्वभौमसत्ता र स्वाधीनतामाथिको आक्रमण भनेको छ ।
उहाँले भन्नुभयो, ‘नेपालले यस घटनालाई नजिकबाट नियालिरहेको छ । नेपालले सधैँ एक चीन नीति समर्थन गर्दै आएको छ । एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सधैँ अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’
परराष्ट्र मन्त्रालयले नेपाल–चीन दुवै देशले सधैँ एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको सम्मान गर्दै आएको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Subodh
Aug. 5, 2022, 7:58 p.m.प्रतिक्रिया युक्रेन रुस मामिलाको जस्तै छिटो आउने विश्वास छ।