च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि गुप्तचर परिचालन गरेको, नागरिकको फोन ट्यापिङ गरी वैतिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको स्पष्टीकरण दिएकाे छ ।
आज शुक्रवार मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्ताे दाबी गर्नुभएकाे हाे । उहाँले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेकाे, यसको सम्मान र संवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो ।
प्रवक्ता कार्कीले भन्नुभयाे, केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको, नागरिकको फोन ट्यापिङ गरी वैतिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु । सरकार व्यक्तिकाे स्वतन्त्रता र गाेपनीयताकाे अधिकारप्रति सचेत छ, यस्तो भ्रममा कोही पनि नपर्न अनुरोध गर्दछु ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।