च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आफ्नो पार्टीले हार्नै नमिल्ने तर्क गर्नुभएकाे छ । आफ्नो पार्टीले त्याे चुनाव हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको अध्यक्ष ओलीको जिकिर थियो ।
पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले आज शुक्रवार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आउँदाे चुनाव जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनु भयो । सत्तारूढ गठबन्धन र त्यसका नेताहरूले देशलाई दुरगतिमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरूले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा विजयी हुनुको विकल्प नभएको बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘मुख्य फोकस चाँहि चुनावकाे तयारीमा काम गर्ने हो । अहिलेको चुनाव हामीले हार्न मिल्दैन । नेकपा एमालेका लागि त केही छैन । प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउँछ । देशको पक्षमा बोल्छ, आवाज उठाउँछ । राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, स्वच्छताको पक्षमा, सुशासनको पक्षमा, विकासको पक्षमा बोल्छ । आवाज उठाइरहन्छ । यसलाई काम गर्न कार्य क्षेत्र सिद्धिने त होइन । तर एमालेले हार्दा देश हार्छ । एमालेले जित्नैपर्ने कारण के छ भने देश जिताउनुपर्नेछ । देशलाई हार्न दिनुहुने छैन । एक वर्षमा यो परमादेशी गठबन्धन सरकारले देशलाई यसरी दुर्गतिमा लगेको छ । निर्लज्ज हुने गरी भ्रष्टाचारमा डुबाएको छ । यिनको कुनै गन्तव्य नै छैन । अब मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य के हो भन्दा मेडम साहेब । प्रचण्डको गन्तव्य के हो भन्दा सुपुत्री । यस्ता–यस्ता गन्तव्य लिएर हिँडका छन् यिनीहरू । त्यसका लागि जे पनि गर्छन् । यसका लागि देशका विरुद्ध जस्तासुकै कुकर्म गर्न पनि तयार छन् । माधव नेपालको त जिन्दगी नै छटपटीमा बित्छ क्या । उनको गन्तव्य–सन्तव्य केही पनि छैन ।’
अध्यक्ष ओलीले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले सङ्गठित ढङ्गले इमानदार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दाबी गर्नुभयो । पार्टीको सरकार नढल्नका लागि पनि आउँदाे चुनावमा बहुमत चाहिने र त्यसका लागि इमानदार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुँदाहुँदै एमालेले गरेको विघटन बदर गर्ने र अरूले गरेको विघटनलाई सदर गर्ने काम अदालतले गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले देशलाई समृद्ध बनाउने आकाङ्क्षा एमालेले लिएको र त्यसैलाई पूरा गरेरै छोड्ने दृढतासमेत व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।