च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले रोक्नु नहुने बताउनुभएको छ ।
पाँच दिने जापान भ्रमण सकेर आज बुधवार नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लाग्छ । ढिलो पनि गर्नु हुँदैन ।’
त्यस्तै अध्यक्ष दाहालले जापान भ्रमणका क्रममा लिबरल डेमोक्रेटिक पार्टी जापानका पूर्व महासचिव, वरिष्ठ नेता, पूर्व अर्थ, व्यापार र उद्योग मन्त्री संसद् सदस्य एवम् नेपाल–जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइसँगको भेटमा एकअर्काको सहयोगलाई अभिवृद्धि गर्ने कुरा भएको सुनाउनुभयो ।
उहाँले आफ्नो जापान भ्रमण राम्रो भएको प्रतिक्रियासमेत दिनुभयो । अध्यक्ष दाहालले आफ्नो भ्रमणका क्रममा जापानमा रहेका नेपाली र जापानी अधिकारीहरूको पनि सक्रिय सहभागिता रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।