च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । चीनको साङदोङ प्रान्तको छङ्दाओ सहरमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध विस्तारको विषयमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
छलफलमा यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल भएको छ । काठमाण्डौ चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा–छहरे सुरुङ मार्ग र काठमाण्डौ–केरुङ रेल मार्गको विषयमा चीनसँग छलफल भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै हिजो चीनको साङदोङ प्रान्तको छङ्दाओ सहर जानुभएको हो ।
टोलीमा परराष्ट्रसचिव भरतराज पौड्यालसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायत सहभागी छन् ।
तस्बिर : एजेन्सी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।