आउँदाे चुनावमा म्यादी प्रहरीकाे सङ्ख्या बढ्छ : आईजीपी सिंह

 साउन २६, २०७९ बिहीबार १७:५८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो सङ्घ र प्रदेश सभा चुनावका लागि म्यादी प्रहरी भर्नामा पूर्वम्यादी र पूर्वसुरक्षाकर्मीले विशेष प्राथमिकता पाउने भएका छन् । 

आज बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहले यस्तो बताउनुभएको हो । उहाँले अहिलेलाई म्यादी प्रहरीको सङ्ख्या यकिन नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्नेबारेमा छलफलका लागि सूची पठाइसकेको बताउनुभयो । उहाँले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गएको पालिका चुनावमा दिएको सेवा सुविधा नै प्रदान गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘आउँदाे चुनावमा म्यादी प्रहरीको सङ्ख्या पालिका चुनावको भन्दा धेरै हुनेछ । पालिका चुनावमा भर्ना भएका म्यादी प्रहरी र पूर्वसुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइनेछ । त्योभन्दा बाहेकका लागि केही छनोट प्रविधि हुनेछ । हामी मङ्सिर ४ को चुनावको तयारीमा छौँ ।’ 

आईजीपी सिंहले नेपाल प्रहरी चुनावको तयारीका साथै अपराध अनुसन्धान र नियन्त्रणमा पनि गम्भीर बनिरहेको बताउनुभयो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया