प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र गर्ने कांग्रेसको निर्णय

 साउन २८, २०७९ शनिबार ११:४०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको छ ।

आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको हो ।

आजको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि उम्मेदवारी मनोनयनको अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ ।

त्यस्तै बैठकले मङ्सिर ४ गते हुने चुनावका लागि दल दर्ताको संयोजन गर्ने जिम्मेवारी पार्टीका मुख्यसचिव कृष्ण पौडेललाई दिएको छ ।
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया