च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - प्रहरी समायोजन नगरेको भन्दै मधेस प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध आन्दोलनकाे घोषणा गरेको छ ।
मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै पहिलो चरणको आन्दोलनको घोषणा गर्नुभएको हो ।
पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना दिने मन्त्री साहले बताउनुभयो । भोलिदेखि एक हप्तासम्म हरेक दिन बिहान ११ बजेदेखि १ बजेसम्म धर्नाको कार्यक्रम राखिएको मन्त्री साहले जानकारी दिनुभयो ।
धर्नामा प्रदेशका मन्त्री, सांसद र नागरिक समाजको सहभागिता रहने पनि उहाँले बताउनुभयो । एक हप्तासम्म पनि सङ्घीय सरकारले माग पूरा नगरेमा दोस्रो चरणमा कडा आन्दोलन गर्ने मन्त्री साहको चेतावनी छ । उहाँले तत्कालै प्रहरी समायोजनको काम थालेर चुनाव अघि नै प्रहरीलाई प्रदेश मातहत ल्याउनुपर्ने बताउनुभयो ।
प्रदेश सरकारले प्रदेश प्रहरी ऐन २०७५ सालमै पारित गरिसकेको र सङ्घीय सरकारले पनि प्रहरी समायोजन गर्ने ऐन पारित गरिसकेकोले अब रोक्नुपर्ने कुनै पनि कारण नभएको मधेस सरकारको भनाइ छ । प्रहरी र शान्ति–सुरक्षासम्बन्धी अधिकार प्रदेशको क्षेत्राधिकारभित्र रहेको भन्दै प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत ल्याउनुपर्ने मधेस प्रदेश सरकारको माग छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।