च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलले युवालाई महत्त्व नदिएको भन्ने कुरा सत्य नरहेको जिकिर गर्नुभएकाे छ । आज आइतवार काठमाण्डाैमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले नेकपा एमालेले काठमाण्डाै महानगरपालिकामा २९ वर्षको उपमेयर बनाएको उल्लेख गर्दै अन्य पार्टीलाई २९ वर्षका युवालाई उम्मेदवार बनाउने हिम्मत गरेर देखाउन चुनौती दिनुभयो । उहाँले आफ्ना नयाँ युक्तिहरूलाई अघि सारेर ज्येष्ठ नागरिकका कुरा सुनेर अघि बढ्नुपर्ने बताउनुभयो । देशमा हिंसा सिर्जना भएका कारण युवा परिवार पाल्न विदेश जानुपरेको उहाँकाे भनाइ छ । उहाँले माओवादी जनयुद्ध सुरु भएपछि युवा विदेश पलायन भइरहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले राजनीतिलाई दुस्मनीतिर लैजान खोजेको आरोप लगाउनुभयाे । कहिले जातका नाममा, कहिले भूगोलका नाममा नेपालीलाई भिडाउन खोजिएको उहाँले बताउनुभयो । अहिलेको नेपाली समाजलाई स्वस्थ प्रतिस्पर्धातिर जानुपर्ने उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘अहिले गठबन्धनमा भएका सरकारले राजनीतिलाई दुस्मनीतिर लैजान खाजेका छन् । हाम्रो समाज स्वस्थ प्रतिस्पर्धातिर जाने कि दुस्मनीतिर ? कहिले जातका नाममा, कहिले भूगोलका नाममा नेपालीलाई भिडाउन खोजिन्छ, सेन्टिमेन्टमा ल्याउन खोजिन्छ । हामीले खोज्नुपर्ने नेपाली पहिचान हो । जातका पहिचान यो भन्यो, अनि एकले अर्कोलाई घृणा गर्याे । यसरी नेपालीलाई फुटाउन, विभाजन गर्न खोजिएको छ । त्यसो गर्नु राम्रो होइन, हाम्रो देश विविधतायुक्त देश छ ।’
अध्यक्ष ओलीले उपचारका लागि समेत आफूसँग पैसा नभएको बताउनुभयो । उहाँले आफ्नो र आफ्नो श्रीमतीको नाममा रहेको सबै सम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताउनुभयो । घरघडेरी बेचेर उपचार गर्छु भन्न पनि मिल्ने अवस्था नरहेको उहाँकाे भनाइ छ । उहाँले यो सबै आफ्नो कर्म देशका लागि समर्पित रहेकोले देशकै लागि सम्पत्ति दान बताउनुभयो । देशको विकासका लागि काम गर्दा विरोधीहरूले काम गर्न नदिएको दाबी गर्दै उहाँले देश विकास र समृद्ध बनाउने अभियानमा भने अघि बढिरहने उल्लेख गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।