दक्षिण कोरिया विमान दुर्घटना अपडेट : कम्तीमा ४७ को ज्यान गयो,...
पुस १४, २०८१ आइतबार
म्यानमारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुकीलाई थप ६ वर्षको जेल सजाय सुनाएको छ । भ्रष्टाचारको चार वटा मुद्दामा दोषी ठहर गर्दै अदालतले नेत्री सुकीलाई ६ वर्षको जेल सजाय सुनाएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।
सेनाको विशेष अदालतले कलावाङ वन भूमिसँग जोडिएका तीन वटा भ्रष्टाचारको मुद्दामा सुकीलाई तीन वर्षको सजाय सुनाएको हो । यसका साथै एक बिल्डिङ प्लान्टसँग जोडिएको मुद्दामा पनि तीन वर्षको सजाय सुनाएको छ ।
७७ वर्षीया नोबेल पुरस्कार विजेता सूचीलाई यसअघि नै ६ वटा मुद्दामा दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय तोकिसकिएको छ । म्यान्मारमा सैन्य शासनकाे कट्टर विरोधीमध्येकी एक सुकीमाथि भ्रष्टाचार तथा चुनावी उल्लङ्घनलगायतका १८ वटा अपराधको आरोप लागेको थियो । ती विभिन्न आरोपमा एक सय ९० वर्षभन्दा धेरैको सजाय तोकिसकेको छ । तर सुकीले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आउनुभएको छ ।
सन् २०२१ काे फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएर सुकीलाई पक्राउ गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।