च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – प्रदेश सभा र प्रतिनिधि सभा चुनावकाे सिट बाँडफाँटको मोडालिटी तय गर्ने जिम्मा पाएको सत्तारूढ गठबन्धन कार्यदलले आफ्नो अहिलेसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने भएको छ ।
आज बुधवार बालुवाटारमा बसेकाे कार्यदलको बैठकले सिट बाँडफाँटको मोडालिटी निष्कर्ष नजिक पुगेको उल्लेख गर्दै अहिलेसम्मको प्रगति विवरण शीर्ष तहमा बुझाउने निर्णय गरेको हो । अर्को बैठकमा त्यसबारे निर्णयमा पुग्ने गरी अहिलेसम्म भएको प्रगति विवरण शीर्ष तहमा बुझाउने सहमति गरिएको सञ्चारमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
शीर्ष तहमा प्रगति विवरण बुझाएपछि बस्ने बैठकले त्यसबारे आवश्यक निर्णय गर्ने पनि कार्यदलले जनाएको छ । गठबन्धनमा रहेका सबै दललाई न्याय हुने गरी मिलाएर सिट बाँडफाँट गर्ने कुरामा आफूहरूबीच सहमति रहेको उल्लेख गर्दै कार्यदल सदस्यसमेत रहनुभएका मन्त्री कार्कीले अब बस्ने बैठकले त्यसलाई टुङ्गोमा पुर्याउने बताउनुभयाे । माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथाैडाबाट चुनाव लड्ने सहमति गरेका बाबुराम भट्टराई र वामदेव गौतमलाई दिने सिट सङ्ख्याको बारेमा पनि छलफल गरेर सहमतिमा पुग्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।