च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आउँदो आइतवार सुनाउने भएको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको हिजो बसेको संवैधानिक इजलासले निर्णय सुनाउने मिति आइतवारलाई सारेको हो ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार सुनुवाइका लागि समय अपुग भएपछि आइतवारका लागि निर्णय सुनाउने मिति तय भएको हो । कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गएको साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि हिजोको मिति तोकिएको थियो ।
यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र पालिकामा कर्मचारी समायोजन अन्योलमा परेको छ । सर्वोच्चले अन्तिम फैसला नसुनाउँदा लोकसेवा आयोगले निजामती सेवाका एक हजारभन्दा बढी पदमा तीन वर्षदेखि पदपूर्ति गर्न सकेको छैन ।
अदालतले एउटै प्रकृतिको मुद्दामा फरक–फरक आदेश दिएका कारण समायोजन प्रक्रिया, कर्मचारी पदपूर्ति र खटनपटनमा अन्योल छ । कर्मचारी व्यवस्थापन सङ्घीयतापछिको मुख्य चुनौतीका रूपमा देखा परेको छ । सङ्घ, प्रदेश र पालिकामा दरबन्दी अनुसारका कर्मचारी पर्याप्त नहुँदा सङ्घीयताको मर्म अनुसार काम हुन नसकेको जनप्रतिनिधिले गुनासो गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।