नागरिकता विधेयकमा एमालेले राजनीति गरिरहेकाे छ : वर्षमान पुन

 भदौ २, २०७९ बिहीबार १४:२३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीति गरिरहेको आरोप लगाउनुभएको छ । नागरिकताबाट वञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको विधेयक संसदबाट पारित गराउन सहयोग गर्न पनि उहाँले एमालेलाई आग्रह गर्नुभयो । 

बिहीवार प्रतिनिधि सभा बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैवाहिक अङ्गीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई विधेयक पारित गराउने काममा सबै राजनीतिक दलले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका छोराछोरीले नागरिकता नपाएको अवस्थामा अप्ठ्यारा भाेगिरहेका छन् । विदेश भ्रमण हाेस् वा बैंक खाताकाे कुरा हाेस्, यसमा समस्या भाेगिरहेका छन् । ती अप्ठ्यारा फुकाउनकै लागि याे विधेयक ल्याइएको हो र अरू केही जरुरी कुराहरू मात्रै यसमा राखिएको छ । यसमा वैवाहिक अङ्गीकृत लगायतका विषयमा आउँदा दिनमा राष्ट्रिय सहमति बनाएर प्रस्तुत हुने सरकारले भनेको छ । नागरिकताजस्तो संवेदनशील विषयलाई राजनीतिक विषय नबनाऔँ । बरु परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौँ भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयजीहरूलाई आग्रह गर्दछु ।’

नेता पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको याे विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रियाभित्रकै कुरा भएको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नमिल्ने तर्क गर्नुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया