च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – नेकपा एमालेका सांसद डा. भीम रावलले नेपालमा विदेशी नागरिकलाई भित्र्याएर नेपालको अस्तित्व समाप्त गर्ने कुरा स्वीकार्य नहुने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले बालुवाटारमा बसेर पाँच दलीय गठबन्धनले गरेको कुरा संविधानभन्दा माथि नहुने भन्दै संविधानअनुसार चल्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले नेपालको नागरिकता गैरकानुनी किसिमले पाएकाहरूको छानबिन गर्न र नपाउने नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नागरिकता नपाउने को हुन् ? कतिले पाएका छैनन् र कतिले नेपालको नागरिकता गैरकानुनी किसिमले पाएका छन्, त्यसको छानबिन गरौँ । कतिले पाएका छैनन् बल्ल थाहा हुन्छ । वास्तविक नागरिकले नागरिकता पाउने र विदेशीका लागि ढोका खुलै नछोड्ने कुरा नेपालको राष्ट्रिय हितमा छैन र ? नागरिकताजस्तो संवेदनशील विषयमा सांसदहरूले संशोधन हाल्दा र राष्ट्रपतिले पुनर्विचारका लागि पठाउँदा समितिमा छलफल गर्न पनि तयार नहुने कुरा यस्तै हो लोकतन्त्रको अभ्यास ? यही हो राष्ट्रियताप्रतिको संवेदनशीलता ? कसैले भन्न सक्छ ? सकिँदैन । बालुवाटारमा बस्ने पाँच दलको संयन्त्र कुन धारा अन्तर्गतको संयन्त्र हो ? त्यसले जे फैसला गर्छ त्यो संविधानभन्दा माथि हुन्छ ? यदि त्यस्तो हो भने राजतन्त्र किन समाप्त गरेको ? पाँच दलीय अमिर छन् नि कतिपय देशमा त्यस्तै संयन्त्र बनाउने प्रणाली गरे हुँदैन ? यस्तो मिल्दैन । नेपालमा विदेशी नागरिकलाई भित्र्याएर नेपालको अस्तित्व समाप्त गर्ने कुरा स्वीकार्य हुँदैन ।’
सांसद रावलले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलाका लागि पाँचदेखि सात वर्षपछि नागरिकता पाउनेछन् भन्ने संविधानको मर्म गलत नहुने भन्दै गलत भन्ने तर्क जनसङ्ख्याको राजनीतिबाट नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनसायबाट प्रेरित तर्क भएको दाबी गर्नुभयो । उहाँले संविधान बनाउँदा गरेको सहमतिबाट पछि हटेर सत्ता गठबन्धनले संविधानविरोधी काम गरिरहेको आरोप लगाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।