च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले उठाउनुभएको लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताउनुभएको हो । उहाँले राष्ट्रपतिले नागरिकता विधेयकमा केही महत्त्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाउनुभएको स्वीकार गर्नुभयो । उहाँले अहिलेको विधेयकले कतिपय आवश्यकतालाई नछुने पनि बताउनुभयो । उहाँले विधेयक पास नगर्दा नेपाली नागरिक नै अधिकारबाट वञ्चित रहने पनि बताउनुभयो ।
सांसद थापाले भन्नुभयो, ‘राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाउनुभएको छ । प्रादेशिक पहिचानको व्यवस्था, समानार्थ नागरिकता प्राप्तिका लागि लगायत संविधानप्रदत्त नागरिकतासम्बन्धी सबै प्रावधानलाई समेट्नुपर्ने विषय उठाउनुभएको छ । लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधारका ठाउँहरू छन् भन्ने विषय पनि उठाउनुभएको छ ।’
सांसद थापाले राष्ट्रपति भण्डारीले आमाको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ सचेत गराएको पनि बताउनुभयो । उहाँले वैवाहिक अङ्गीकृतका सम्बन्धमा राष्ट्रपतिले साझा अवधारणा निर्माण गर्नुपर्छ भन्ने कुरा नराम्रो नभएको बताउनुभयो । वैवाहिक अङ्गीकृतका सम्बन्धमा जाँदा पनि लैङ्गिक समानता हुने गरेर वर्ष राखेर विधेयक पास हुनुपर्ने उहाँको भनाइ छ ।
सांसद थापाले संविधानले नछोएको बारेमा संसदमा चर्चा भइरहेको पनि बताउनुभयो । उहाँले संविधान संशोधन गरेर भए पनि अहिलेको व्यवस्थालाई नछोएको कुरामा छलफल गर्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।