सडकमा होस् वा चुनावमा, युवाको भूमिका निर्णायक हुनुपर्छ : प्रचण्ड

 भदौ ३, २०७९ शुक्रबार १४:५९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भातृ सङ्गठन वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिनुभएको छ ।

आज शुक्रवार वाईसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पहिलो संविधान सभा चुनावमा जस्तो सक्रियतापूर्वक परिचालन भइ चुनावमा जित हासिल गराउने अभियान सञ्चालन गर्न योङ कम्युनिस्ट लिग (वाईसीएल) लाई निर्देशन दिनुभएको हो । सडकमा होस् वा चुनावमा, युवाको भूमिका निर्णायक हुनुपर्ने उहाँको भनाइ छ ।

प्रचण्डले भन्नुभयो, ‘क्रान्ति, समाजवादी शक्तिलाई विजयी बनाउन एउटा अविचलित अभियान साथ हुने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । पहिलो संविधान सभा चुनावमा माओवादी पहिलो शक्ति बनेको थियो । तर अन्य राजनीतिक दलहरूले भने वाईसीएल लगाएर जबरजस्ती गरेको आरोप लगाउँदै आएका छन् ।’

यस्तै भेलामा अध्यक्ष प्रचण्डले पार्टीमा सङ्घर्षमा जान नभइ पदका निम्ति प्रतिस्पर्धा हुने गरेको गुनासो पनि गर्नुभयो । सशस्त्र सङ्घर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुने गरेको स्मरण गर्दै प्रचण्डले हिजाेआज मैले यो पद किन नपाउने भनेर पदका निम्ति, प्रतिष्ठाका निम्ति, सुविधाका निम्ति प्रतिस्पर्धा हुन थालेको बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया