आउँदाे चुनावमा बहुमत ल्याउने गरी तयारी गरिरहेका छाैँ : भट्टराई

 भदौ ३, २०७९ शुक्रबार १६:१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा बहुमत ल्याउने गरी तयारी गरिरहेको दाबी गर्नुभएकाे छ । पार्टीको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुखसमेत रहनुभएका भट्टराईले सङ्घ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आउँदाे चुनावकाे तयारी गरिरहेको बताउनुभएको हो । 

शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आउँदाे चुनावका लागि आफ्नो पार्टीले नागरिककाे आकाङ्क्षाअनुसारकाे घोषणापत्र निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । त्यसका लागि पार्टीका सबै विभागले विज्ञहरूसँग छलफल गरेर घोषणापत्रको मस्यौदा तयार पार्ने योजनाअनुसार काम भइरहेको पनि सचिव भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयाे, ‘एमालेसँग विगतमा सरकार सञ्चालन गरिसकेको अनुभव छ । हामी आउँदाे चुनावमा सरकार सञ्चालन गर्ने आकाङ्क्षाका साथ तयारी गरिरहेका छाैँ । त्यसो हुँदा हाम्रो घोषणापत्र बढी व्यावहारिक, बढी उपयोगी र प्रतिबद्धताहरूलाई सम्बोधन गर्दै अगाडि जाने खालकाे हुनुपर्छ ।’

सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसङ्ख्या विभागले आउँदाे चुनावका लागि बनाउन लागेको घोषणापत्रको मस्यौदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरूलाई आग्रह गरेकाे बताउनुभयाे । एमालेले पार्टीका सबै विभागलाई यही भदाै १५ गतेभित्र चुनावी घोषणापत्रका लागि मस्यौदा तयारी पारी पार्टीमा बुझाउन निर्देशन दिएको छ । त्यहीअनुसार सबै विभागले आफ्नो कामलाई अघि बढाएको पनि सचिव भट्टराईले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया