कांग्रेस नेता प्रदीप गिरिको भेन्टिलेटरमा उपचार हुँदै

 भदौ ४, २०७९ शनिबार ६:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रदीप गिरिको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्वस्थ भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई हिजो भेन्टिलेटरमा सारिएको हो । उहाँको अवस्था गम्भीर रहेको र सुधारको आशासहित उपचार भइरहेको अस्पतालले जनाएको छ ।

नेता गिरिको अवस्था गम्भीर बन्दै गएपछि कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरुले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रार्थना सभा पनि गरेका छन् ।

हिजो मेडिसिटी अस्पतालमै प्रार्थना सभा भएको थियो । नेता गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न हिजो मेडिसिटी गएका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गिरिको स्वास्थ्यलाभका लागि सबैसँग प्रार्थना गर्न आग्रह गर्नुभएको छ ।

नेता गिरिको घाँटीमा क्यान्सरसँगै निमोनिया पनि देखिएको छ । उहाँलाई साउन दोस्रो हप्ता मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । 
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया