माओवादी केन्द्रकाे महासचिवमा देव गुरुङसहित २० जना पदाधिकारीहरुको नाम प्रस्ताव

 भदौ ४, २०७९ शनिबार १७:१७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिवमा देव गुरुङ सहित पदाधिकारीहरुको नाम प्रस्ताव गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले २० जना पदाधिकारीको नाम प्रस्ताव गर्नुभएको हो । २१ सदस्यीय हुने पदाधिकारीमा अध्यक्षमा यस अघि नै प्रचण्ड चयन भइसक्नुभएको छ । अध्यक्ष प्रचण्डले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महराको नाम प्रस्ताव गर्नुभएको छ । त्यस्तै, उपमहासचिवमा गिरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतको नाम प्रस्ताव भएको छ ।

सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की रहनुभएको छ भने कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव भएको छ । अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नुभएको नाम स्थायी कमिटी बैठकले पारित गरेपछि केन्द्रीय कमिटीमा जान्छ र केन्द्रीय कमिटीले पारित गरेपछि पदाधिकारी चयन हुनेछन् । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया