परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
रामेछाप – सङ्घीय राजधानी काठमाण्डौ तथा तराईका जिल्ला हुँदै रामेछापका आठ वटै पालिकाका वडास्तरसम्म सडक सञ्जाल जोडिएसँगै व्यापार, व्यवसाय गर्ने मानिस बढेका छन् । जसका कारण उपभोक्ताले दैनिक उपभोग्य सामान सहजै पाउन थालेका छन् ।
गाउँमा सडक नपुग्दा भरिया लगाएर ढुवानी गर्नुपर्दा चर्को मूल्य पर्ने खाद्यान्नलगायतका सामग्री अहिले गाउँ–गाउँमा बाटो पुगेसँगै नियमित गाडी चल्दा उपभोक्ताले सहजै सुलभ मूल्यमा सामग्री पाउन थालेका छन् । सडक बनेसँगै सहजै मालवाहक गाडी चल्न थालेपछि रामेछापका उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका अन्तर्गत गुम्देल, वाम्ती, प्रिती, भुजी, कुवुकास्थली लगायतका विकट गाउँका उपभोक्तालाई सहज भएको उमाकुण्ड गाउँपालिकाका नागरिक अगुवा झपडराज भण्डारी बताउनुहुन्छ ।
पहिला सडक गाउँसम्म नपुग्दा छिमेकी जिल्ला दोलखाको जिरीबाट भरिया लगाएर गुम्देल पुर्याउँदा एक बोरा (३० केजी) चामलको मूल्य उपभोक्ताले तीन हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता थियो । तर अहिले सडक पुगेसँगै त्यो चामल प्रतिबोरा एक हजार पाँच सयदेखि एक हजार सात सय रुपैयाँमा पाउन लागेको गुम्देलका व्यवसायी टासी शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सडक सञ्जाल जोडिएसँगै खाद्यान्नसहित निमार्ण सामाग्री सुलभ मूल्यमा गाउँमा नै पाउन लागेपछि दुर्गम गाउँका उपभोक्तालाई निकै सहज भएको छ ।’
गाउँमा सडक नपुग्दा भरिया लगाएर सामान बोकाउनु पर्दा हैरान हुने गरेको स्थानीय व्यवसायी सुरज श्रेष्ठले सुनाउनुभयो । ‘पैसा दिन्छुभन्दा पनि भरिया नपाउने समस्या थियो, अब त्यो अवस्था सधैँका लागि अन्त्य भएको छ । गाउँमा सञ्चालन भएको सडकलाई दिगो रूप दिन सके अब भरिया नचाहिनेमा हामी ढुक्क छौँ’, उहाँले भन्नुभयो ।
दुई वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापका ६४ वडामै कच्ची सडकले छोएको छ । गाउँ–गाउँमा सडक पुगे पनि धेरैजसो ठाउँमा बर्खामा गाडी नचल्ने भएकाले लेकाली भेगका उपभोक्ताले भने हिउँदकै समयमा खाद्यान्नलगायतका सामान ढुुवानी गरेर जोहो गर्नुपर्ने बाध्यता रहेको उपभोक्ता मञ्च रामेछापका अध्यक्ष रामचन्द्र कँडेलले जानकारी दिनुभयो । गाउँगाउँसम्म खनिएका सडकलाई वर्षैभरि सञ्चालन गर्न पालिकाले मर्मतमा ध्यान दिनुपर्ने उहाँको आग्रह छ ।
गाउँ–गाउँमा सडक पुगेसँगै व्यापार, व्यवसाय गर्ने मानिस बढेका रामेछाप उद्योग वाणिज्य सङ्घका महासचिव नवराज ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा झन्डै ६ हजारको हाराहारीमा व्यवसायी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ ।