माओवादी गलत बाटाेमा गइरहेकाे छ, कांग्रेससँग भाग मागेर मुक्ति हुन्छ ? : ऋषि कट्टेल

 भदौ २३, २०७९ बिहीबार १७:३६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेकपा (माओवादी केन्द्र) सर्वहारा वर्गको मुक्ति र राष्ट्रिय स्वाधीनताको सम्बन्धमा गलत बाटोतिर गइरहेको टिप्पणी गर्नुभएकाे छ । 

आज बिहीवार काठमाण्डाैमा भएकाे एक कार्यक्रममा बाेल्दै अध्यक्ष कट्टेलले उत्पीडित वर्ग, समुदायको मुक्ति र राष्ट्रिय स्वाधीनताको रक्षाकाे बाटो स्पष्ट नभएसम्म शहीदप्रति सम्मान नहुने बताउनुभयो । नेपाली कांग्रेससँग भाग मागेर मुक्ति प्राप्त नहुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आज तपाईँ (प्रचण्ड) को पार्टी, सुरेशको पार्टी नेपाली जनक्रान्तिको दिशामा, नेपालको उत्पीडित वर्ग, समुदायको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधीनता रक्षाको दिशामा कुन ठाउँमा छ ? तपाईँहरूले मूल्याङ्कन गर्नुस् । आफ्नाे पार्टीलाई ठिक ढङ्गले मूल्याङ्कन गरिएन भने शहीदप्रतिको श्रद्धा हुँदैन । अहिले प्रचण्डजीले भन्दा त स्वर्ग पारिदिनुहुन्छ तर नेपालको जनक्रान्तिको दिशामा, नेपाली सर्वहारा वर्गको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधीनताको दिशामा माओवादी गलत बाटोतिर गइरहेको छ । अब कांग्रेससँग भाग मागेर मुक्ति हुन्छ ?’

अध्यक्ष कट्टेलले माओवादी केन्द्र गलत बाटोमा गइरहेको भन्दै सच्चिन आग्रहसमेत गर्नुभयो । माओवादीले आफूलाई स्वमूल्याङ्कन गर्नुपर्ने उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया