आज सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई उहाँको बयानमाथि हस्ताक्षर गराउन थालेको छ ।
आज शुक्रवार ६५ पृष्ठमा हस्ताक्षर गराएको र बाँकीमा भोलि शनिवार हस्ताक्षर गराउने समितिले जनाएको छ । समितिले जबरासँग लिएको बयान कागजमा उतार्दा एक सय ७४ पृष्ठ भएको छ । यसैबीच निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबारे प्रतिवेदन बुझाउने कि नबुझाउने भन्नेमा महाअभियोग सिफारिस समितिमा सदस्यहरू विभाजित भएका छन् ।
सत्तारूढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले भोलि संसद्को बैठक सकिनुअघि नै प्रतिवेदन तयार पारेर सभामुखलाई बुझाउनुपर्ने बताएका छन् भने प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरूले अध्ययन नै पूरा नभएको बताएका छन् ।
जबराविरुद्ध गएको फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएपछि उहाँ निलम्बनमा हुनुहुन्छ । लामो समय छानबिन नभएपछि संसदमा र बाहिर पनि प्रश्न उठेका थियो । गएको साउन २५ मा भने थप छलफल भएर महाअभियोग सिफारिस समितिमा पठाइएको थियो । समितिले एक महिनाभित्रै प्रतिवेदन बुझाउने तयारी गरे पनि काम गर्दै जाँदा सम्भव नभएको समितिका सदस्य तथा कांग्रेस प्रमुख सचेतक मीन विश्वकर्माले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।