अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – नेपालका झन्डै ८० प्रतिशत जलविद्युत् आयोजनाले कम्तीमा १० प्रतिशत नदीको पानी बग्न दिनुपर्ने नियमको पालना नगरेको पाइएको छ । अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था (इमी) ले गरेको अध्ययन अनुसार सबैजसो आयोजनाहरुले वातावरणीय बहाव कायम गर्न नदीमा पानी नछाडेको पाइएको हो ।
५० वटा जलविद्युत् आयोजनाको अध्ययन गर्दा ८० प्रतिशतमा हिउँदमा नदीको प्राकृतिक बहाव सुकाएर पानी फर्काएको पाइएको अध्ययनको नेतृत्व गर्ने त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका सहायक प्राध्यापक दीपनारायण शाहले जानकारी दिनुभयो ।
इमीकै अर्को अध्ययनअनुसार नियम, निर्देशिका र अनुगमनको अभावका कारण वातावरणीय बहावबारे नियमको पालना हुन नसकेको हो । खोलामा पानी सुक्दा शव जलाउनसमेत समस्या भएको भन्दै विभिन्न आयोजनाका प्रभावितहरुले गुनासो गर्दै आएका छन् ।
सोलुखुम्बुको लिखुखोलामा पानी सुकाएपछि त्यहाँका बासिन्दाले संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन् । समितिका सचिव पोष्टकुमार कार्की खोला सुक्दा जनजीवन नै तहसनहस हुन थालेको बताउनुहुन्छ । वातावरणीय बहाव नदी वा खोलाको पारिस्थितिकीय प्रणाली र त्यो प्रणालीमा निर्भर मानव जीविकोपार्जन कायम राख्न अत्यावश्यक छ ।
नेपालमा नदीको बहावसँग सांस्कृतिक र अध्यात्मिक सम्बन्ध पनि रहेको छ । तर जलविद्युत् आयोजनाहरुले खोला सुकाउँदा गम्भीर समस्या देखिन थालेका काठमाण्डौ विश्वविद्यालयकी सहायक प्राध्यापक रामदेवी तचमो शाहले बताउनुभयो । खोलानालाको यस्तो दोहन रोक्दै नदीलाई स्वस्थ राख्न तीनै तहका सरकार र स्थानीय समुदायले गम्भीर हुन आवश्यक रहेकामा विज्ञहरूको जोड छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।