नागरिकलाई शीतलहरबाट बचाउन प्रमुख जिल्ला अधिकारीहरुलाई प्राधि...
माघ १३, २०८१ आइतबार
काठमाण्डाै - प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल आजदेखि सकिँदैछ । २०७२ मा संविधान जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो । सरकारले प्रतिनिधि सभाको ११औँ अधिवेशन अन्त्य गर्न हिजो राष्ट्रपतिलाई सिफारिस गरिसकेको छ । आज राति १२ बजेदेखि बर्खे अधिवेशनको अन्त्यसँगै प्रतिनिधि सभा निष्क्रिय हुनेछ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि भोलि र पर्सि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका रहेकाले आजदेखि संसद्को कार्यकाल पूरा हुन लागेको हो । विगतको अभ्यास र अनुभवका आधारमा प्रतिनिधि सभाको कार्यकाल आजसम्म कायम रहनेबारे निर्वाचन आयोगले संसद् सचिवालयलाई राय दिएको छ । तर संसद् सचिवालयले औपचारिक रुपमा यसबारे केही भनेको छैन । प्रमुख प्रतिपक्षी एमालेले भने हिजो नै आफ्ना सांसदहरूको बिदाइ गर्दै चुनावमा खटिन निर्देशन दिएको छ ।
२०७४ सालको मंसिर १० र २१ गते चुनाव भएपछि फागुन २१ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको यो कार्यकालमा ७५ विधेयक पारित भएको छ भने यसबीचमा ४९ वटा अध्यादेश ल्याइएको छ । २७ विधेयक भने निस्क्रिय भएका छन् । प्रतिनिधि सभाको यो कार्यकालमा व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएको छ भने लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको चुच्चे नक्सा सर्वसम्मत पारित गरेर संविधानको अनुसूचीमा समावेश गरिएको छ ।
यो कार्यकालमा प्रतिनिधि सभाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग लगाए पनि प्रक्रियामै लैजान साढे पाँच महिना लगाउँदा टुङ्गोमा पुग्न सकेको छैन । महाअभियोग अब के हुन्छ भन्ने कानुनी अन्योल बाँकी नै छ । यस्तै दोस्रोपटक प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पुगेको नागरिकता विधेयक के हुन्छ भन्ने अर्को अन्योल पनि छ ।
संसद्का दुवै सदनबाट पास गरेर प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति कार्यालयमा विधेयक पुगेको आज ११ दिन भएको छ । राष्ट्रपतिले विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । आज राति १२ बजेपछि प्रतिनिधि सभाको कार्यकाल सकिने र आजसम्म विधेयक प्रमाणीकरण भएन भने नागरिकता विधेयक निष्क्रिय हुने कतिपय कानुनविद्हरुको तर्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।