जबराविरुद्धको प्रतिवेदन आजै संसद सचिवालयमा बुझाउने

 असोज १, २०७९ शनिबार १३:३८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिले बनाएको प्रतिवेदन आज नै संसद सचिवालयमा बुझाउने तयारी गरेको छ । 

शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायधीश जबराले यसअघिका बैठकमा दिनुभएको वयानमा हस्ताक्षर गरिसकेकोले आज नै समितिको दोस्रो बैठक बसेर संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली कांग्रेसका सांसद एवं महाअभियोग सिफारिस समिति सदस्य मिनबहादुर विश्वकर्माले आजै बस्ने दोस्रो बैठकमा प्रतिवेदनको मस्यौदा पेस हुने र आज नै संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरेको बताउनु भयो । उहाँले आजको बैठकमा प्रधानन्यायाधीश जबराले आफूले दिएका बयानमा हस्ताक्षर गर्नुभएको र समिति सदस्यहरुको प्रतिप्रश्नको समेत जवाफ दिनुभएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘आज शुरुमा नै म सबमा साइन गर्छु, खासै तलमाथि केही रहेनछ भनेर बैठकमा दिएका वयानमा हस्ताक्षर गर्नुभयो । त्यसपछि सदस्यहरुले प्रतिप्रश्न गर्नुभयो । प्रतिप्रश्न गर्दा थप प्रष्ट गर्ने काम भयो । दफाबार १ देखि ४३ सम्मका प्रश्नको बारेमा स्पष्ट पार्नुभयो । पहिलो चरणको बैठक सम्पन्न भएको छ, दोस्रो चरणमा प्रतिवेदनको मस्यौदा बनाउनेछौँ । दोस्रो बैठक ३ बजे बस्छ । दोस्रो चरणमा हामी प्रतिवेदनको निर्णयार्थ पेस हुन्छ । सचिवालयमा हामी बुझाउँछौँ । मस्यौदा ३ बजेको बैठकमा समितिमा पेस हुन्छ ।’

समितिको बैठकपछि सञ्चारर्कीहरुसँग कुरा गर्दै समितिका सभापति रामबहादुर बिष्टले समितिको पहिलो बैठकले मस्यौदा तयार गरेर समिति सदस्यलाई बाँडिएको र दोस्रो बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘मस्यौदा तयार गरेर बाँडिएको छ, ३ बजेको बैठकमा छलफल गरेर प्रतिवेदन तयार गरेर अन्तिम रुप लिएर अघि बढ्छौँ । आजै प्रतिवेदन सभामुखलाई बुझाउँछौँ ।’
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया