उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
कास्की – पोखरामा नेपाल सहित विभिन्न चार देशका कलाकारको सहभागितामा आर्ट क्याम्प शुरु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आजदेखि चार गतेसम्म ‘पोखरा आर्ट क्याम्प’ चल्ने छ । क्याम्पमा नेपालसहित भारत, बङ्गलादेश र इरानका गरी १ सय १८ जना कलाकारको सहभागिता रहेको छ । पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले आर्ट क्याम्पको उद्घाटन गर्नुभयाे ।
अन्तर्राष्ट्रिय पानी रङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा पोखरामा पोखरा आर्ट क्याम्प शुरु भएको हो । नेपालबाट ९०, बङ्गलादेशका १७, भारतका ८ र इरानका ६ जना कलाकारले सहभागिता जनाएका छन् । आर्ट क्याम्प अन्तर्गत शनिबार भारत, बङ्गलादेश र नेपाललका १२ जना प्रसिद्ध कलाकारले प्रत्यक्ष कला ‘डेमोष्ट्रेसन’ गरेका छन् । दोस्रो दिन आइतबार कास्कीको माछापुच्छे गाउँपालिकाको घाचोकमा दृश्य क्यान्भासमा उतार्ने गरी कार्यशालामा सहभागी हुने छन् भने तेस्रो दिन सोमबार पोखरा २२ पुम्दिभुम्दीको विश्वशान्ति स्तुपामा कला कार्यशाला तथा प्रदर्शनी हुनेछ ।
कला प्रर्दशनीले नेपाल र पोखराको कला र पर्यटन विकासमा टेवापुग्ने कार्यक्रम संयोजक आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले बताउनुभयाे । ‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना भएको हो । पोखरा आउन पाउदा र पोखराको प्राकृतिक सुन्दरतालाई चित्रमा कोर्न पाउँदा विदेशी कलाकाहरुले पनि खुसी व्यक्ति गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।