नागरिकलाई शीतलहरबाट बचाउन प्रमुख जिल्ला अधिकारीहरुलाई प्राधि...
माघ १३, २०८१ आइतबार
काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदाे मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावकाे समानुपातिकतर्फको बन्दसूची सकेसम्म आजै बुझाइसक्न राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । प्रमुख आयुक्त थपलियाले राजनीतिक दलहरूले आज बेलुकी ५ बजेभित्र आयोग परिसरभित्र प्रवेश गरी दुवै चुनावकाे समानुपातिकतर्फको बन्दसूची बुझाए राम्रो हुने धारणासमेत राख्नुभयो ।
आयोग परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा थपलियाले त्यसका लागि आयोगले आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दलहरूले आजै बन्दसूची बुझाउन नसके भोलि (मङ्गलवार) बिहानसम्म लिनुपर्ने अवस्था पनि आउन सक्ने बताउनुभयो । गएकाे पालिका चुनावमा पनि उम्मेदवारी दर्ताका लागि दिइएको समय दलहरूले कटाएको उल्लेख गर्दै अहिले पनि त्यही अवस्था आउन सक्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘विगतको अनुभवलाई हेर्दा त भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था हामीले महसुस गरिराखेका छौँ । आज बेलुकी ५ बजेभित्र आइपुगेर दलहरूले बन्दसूची बुझाइदिए हुन्थ्याे भन्ने हाम्रो भनाइ छ ।’
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रदेश सभा र प्रतिनिधि सभा चुनावकाे समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि हिजो र आज दुई दिनको समय दिएको थियो ।
आयोगले यही असोज ९ गते राजनीतिक दलहरूलाई आयोगमा बुझाएको समानुपातिक सूचीमा रहेका नामहरू सच्याउनका लागि पत्राचार गर्ने र १६ गतेभित्र सच्याएर ल्याउन समय दिनेछ । त्यसरी सच्याएर आएको नामावली नै अन्तिम नामावली हुने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । उहाँका अनुसार आयोगले ती नामावलीलाई असोज २२ गते सार्वजनिक गर्नेछ । सार्वजनिक भएको ती नामावलीअनुसार दलहरूले ल्याएको मत परिणामको आधारमा उम्मेदवारहरू निर्वाचित हुने आयोगले व्यवस्था गरेको छ ।
निर्वाचन ऐन, कानुन र आयोगले तय गरेको नियमावलीमा आधारित भएर निर्वाचनसम्बन्धी सबै काम अघि बढाउन प्रतिबद्ध भएर लागिपरेको पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।