आज सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा सकिन लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको असन्तुष्टिबीच प्रमाणीकरणका लागि संसद्ले दोस्रो पटक पारित गरेर पठाएको विधेयक आज मङ्गलवार राति १२ बजेसम्ममा प्रमाणीकरण भइसक्नुपर्छ । यदि राति १२ बजेसम्ममा पनि विधेयक प्रमाणीकरण नभएमा विधेयक कार्यान्वयनमा जाने छैन ।
राष्ट्रपति भण्डारीले गरिरहनुभएको राजनीतिक परामर्शलाई लिएर प्रमाणीकरण नगरिने आशङ्काहरू व्यक्त भइरहेका छन् । यसले एउटा नयाँ संवैधानिक बहस सुरु भएको छ । दोस्रो पटक फर्किएर आएको विधेयकलाई प्रमाणीकरण गर्ने बाहेकको विकल्प संविधानले राष्ट्रपतिलाई दिएको छैन । तर राष्ट्रपतिले प्रमाणीकरण नगरेको खण्डमा के हुन्छ भन्ने प्रश्नको उत्तर पनि संविधान तथा ऐन–कानुनमा नभएकोले नयाँ बहस सुरु भएको हो । नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीले विभिन्न व्यक्तिसँग छलफल गरिरहनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरि पुनर्विचारका लागि संसदमा फिर्ता पठाए पनि दुवै संसद्ले कुनै हेरफेर नगरि पारित गरेर विधेयक पुनः राष्ट्रपति कार्यालयमा पठाएको थियो । राष्ट्रपतिसँग संसदबाट दोस्रो पटक गएको विधेयक प्रमाणित गर्ने वा राजीनामा गर्ने मात्रै विकल्प रहेको कतिपय कानुनविद्हरू बताउँछन् । तर राष्ट्रपति भण्डारीले प्रमाणित पनि नगर्ने र राजीनामा पनि नदिइकन अदालतमा आउन सक्ने मुद्दाकाे सामना गर्ने विकल्प पनि रहेको अर्काथरीको भनाइ छ ।
अहिले संसद् नरहेकोले राष्ट्रपतिविरुद्ध महाअभियोग आउने सम्भावना भने छैन । राष्ट्रपतिले यसअघि विधेयक संसदमा फिर्ता गर्दा दिएको सन्देशमा मुख्य गरी अङ्गीकृत नागरिकता दिँदा पूरा गर्नुपर्ने प्रावधानबारे र नागरिकतामा लैङ्गिक समानताका विषय रहेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।