राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भयो : पौडेल, इतिहासले प्रशंसा गर्नेछ : थापा

 असोज ५, २०७९ बुधबार ८:५३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको आरोप लगाउनुभएको । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि नेता पौडेलले यस्तो आरोप लगाउनुभएको हो ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता पौडेलले जन निर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नुपर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको टिप्पणी गर्नुभएको छ । उहाँले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिकै प्रहार भएको उल्लेख गर्नुभएको छ । 

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक स्वार्थपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको टिप्पणी गर्नुभएको छ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रपतिको यो निर्णय राजनीतिक रुपमा विवादमा परे पनि इतिहासले प्रशंसा गर्ने उल्लेख गर्नुभएको छ । ‘राजनीतिक स्वार्थ परिपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको छ । राजनीतिकरुपमा विवादमा पर्ला, तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय इतिहासले प्रशंसा गर्नेछ’ उहाँले लेख्नुभएको छ । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया