आज सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - आज एमाले नेतृ सहाना प्रधानको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ८ वर्षअघि २०७१ साल असोज ६ गते आजकै दिन उहाँको निधन भएको थियो ।
पहिले शिक्षक समेत रहेकी प्रधान २००९ सालमा नेपालबाट स्नातक तहको परीक्षा दिने ७२ जना परीक्षार्थीमध्ये एकमात्र महिला हुनुहुन्थ्यो । उहाँ राणा शासनकालमा महिलाले पनि पढ्न पाउनु पर्छ भन्ने पक्षमा आवाज उठाउने सक्रिय अगुवा हुनुहुन्थ्यो ।
महिलाको ३३ प्रतिशत सहभागिताका लागि पार्टीभित्र, महिला विभाग, महिला सुरक्षा दबाब समूह, दलीय संरचनामा महिलालाई सशक्त बनाउन उहाँको भूमिका महत्त्वपूर्ण छ । उहाँ २०४६ सालको जनआन्दोलनमा संयुक्त बाम मोर्चाको संयोजक हुनुहुन्थ्यो ।
प्रजातन्त्र प्राप्ति पछि पनि लामो समयसम्म उहाँ राजनीतिमा सक्रिय हुनुभयो । उहाँले २००४ सालमा एसएलसी परीक्षा उत्तीर्ण गर्नुभएको थियो । त्यसपछिको उहाँले भारतको लखनऊबाट उच्चशिक्षा हासिल गर्नु भएको थियो ।
२००४ साल वैशाख १७ गते नेपालमा पहिलोपटक सङ्गठित रूपमा राणाशाही विरोधी नारा लगाउने चार महिलामध्ये सहाना प्रधान पनि एक हुनुहुन्थ्यो । १५ दिन आमरण अनशनपछि महिलालाई शिक्षा दिलाउन तत्कालीन प्रधानमन्त्री पद्म शम्शेरबाट आश्वासन पाएपछि उहाँ घर फर्कनुभएको थियो । प्रधानको जन्म १९८४ साल असार ३ गते भएको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।