बाबुराम भट्टराईद्वारा चुनाव नलड्ने घोषणा, पार्टीको काम र जनसेवामा भने रहिरहने

 असोज १७, २०७९ सोमबार १४:२४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आउँदो चुनाव नलड्ने घोषणा गर्नुभएको छ ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै २०६४, २०७० र २०७४ सालको संविधान सभा र प्रतिनिधि सभा चुनावमा अत्यधिक मतले विजयी गराएकोमा गोर्खाली मतदातालाई धन्यवाद दिँदै भट्टराईले आउँदो मंसिर ४ गतेको चुनावमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको हो । 

आफ्नो कार्यकालमा गोर्खाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका र केही सुरु भएका महत्वपूर्ण आयोजना पूरा हुने चरणमा रहेको भट्टराईले दाबी गर्नुभएको छ ।

अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोर्खालाई देशकै नमूना विकासको केन्द्र बनाउन संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहने भट्टराईको भनाइ छ ।

चुनाव नलड्नु भनेको राजनीति छोड्नु नभएको उल्लेख गर्दै भट्टराईले अब सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति भने छाडेको उल्लेख गर्नुभयो । उहाँले पार्टीको काम र जनसेवामा निरन्तर खटिरहने प्रतिवद्धता पनि जनाउनुभएको छ । 

https://www.facebook.com/groups/801913064082875

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया