आज सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले बढ्यो
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – नेकपा एमालेका नेता भीम रावलले चुनावका लागि उम्मेदवारको टिकट पाउनुभएको छैन । अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट भीम रावललाई टिकट नदिएर अध्यक्ष ओलीले झपट बोहरालाई टिकट दिनुभएको हो । एमालेले टिकट वितरणको जिम्मा अध्यक्ष ओलीलाई दिएको छ ।
१० औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण भीम रावलले टिकट नपाएको टिप्पणी सुरु भएको छ । अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेको थियो । अछाम–१ मा प्रतिनिधि सभामा झपट बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाउनुभएको एमाले स्रोतले जनाएको छ ।
ओलीको कार्यशैलीको विरोध गरेबापत भीम रावलले टिकट नपाउँदा त्यही समूहमा रहेका योगेश भट्टराईले भने ताप्लेजुङबाट चुनाव लड्ने पक्का भएको छ । भट्टराईले उम्मेदवारी दर्ताको लागि उपस्थित हुन जिल्ला कमिटीका सदस्यहरु तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ ।
तत्कालीन नेकपाभित्र विवाद भएपछि ओलीबाहेकको पक्षमा लगेका नेताहरूलाई टिकट दिन अध्यक्ष ओलीले निकै अप्ठेराे मानिरहेको नेताहरूले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dharmsingh Mahata
Oct. 7, 2022, 6:03 p.m.के अब ओलीको राजनीति पनि सिद्दिन्छ त ?? सक्रिय राजनीति गर्नेलाई टिकट नदिएर किन अरुलाई दिएको ...यसको मूल्य चुकाउनु पर्ला है ..