खानेपानी मन्त्री चौधरीलाई २४ घण्टे स्पष्टीकरण

 कात्तिक ६, २०७९ आइतबार २०:०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – निर्वाचन आयोगले खानेपानी मन्त्री एवम् प्रतिनिधि सभा सदस्य बारा क्षेत्र नम्बर १ का उम्मेदवार उमाकान्त चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आचारसंहिता विपरीत चुनाव प्रचार प्रसारका क्रममा सरकारी गाडी दुरुपयोग गरेको विषयमा खानेपानी मन्त्री एवम् प्रतिनिधि सभा सदस्यका बारा क्षेत्र नम्बर १ का उम्मेदवार उमाकान्त चौधरीलाई आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

मन्त्री चौधरीलाई आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईँ उम्मेदवार रहेको जिल्लाको निर्वाचन कार्यालयमा आफैँ उपस्थित भइ वा प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ ।

आयोगबाट मन्त्री चौधरीले प्रचार प्रसारका क्रममा सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी प्रयोग गरेको सम्बन्धमा सूचना प्राप्त भएकाले जाँचबुझ गरी आयोगमा तीन दिनभित्र प्रतिवेदन पेस गर्न बारा क्षेत्र नम्बर एकको निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रहरी कार्यालय बारालाई समेत पत्राचार गरिएको छ ।

 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया