भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
डोटी - डोटीको पूर्वीचाैकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितहरु खुला चौरमा रात बिताउन बाध्य भएका छन्।
त्रिपाल भएका र तरकारी उत्पादनका लागि पोली हाउस बनाएका केही बाहेक अन्यले खुला चौरमै बसेर रात बिताएका छन् । पाेली हाउस भएकाहरु भने त्यहीँ बसेका छन् । भूकम्पपछि पराकम्प गइरहेकाले पीडितहरुमा थप त्रास बढेको त्यहाँका भरत बाेहाेराले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म पीडितले राहत पाएका छैनन् ।
जाडोको बेला भएकाले चिसोबाट बँच्न आगो बालेर रात बिताउने गरेको उहाँले गुनासो गर्नुभयो । भूकम्प पीडितलाई नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न वितरण गरे पनि त्यो अपुग भएको छ ।
भूकम्प पीडित खडकबहादुर बाेहाेराले भन्नुभयो, ‘बस्नलाई घर छैन, पकाउनलाई भाँडा छैन, हाम्रा पीडा कस्ले सुन्ने ।’ त्यहाँका जगतबहादुर बाेहाेराले न्यानो कपडा अभावले बालबालिका तथा ज्येष्ठ नागरिकहरु चिसोले कठ्याङ्ग्रिने गरेका बताउनुभयो ।
अस्थायी रुपमा भए पनि टहराको व्यवस्था गरिदिन पीडितहरुको माग छ । भूकम्पको पीडाले किसानले खेतमा पाकेको धान काट्न र कोदो टिप्नसमेत सकेका छैनन् । पाकेको बाली खेतबारीमै बाँदर र मुसाले खान थालेको पीडितहरु बताउँछन् । विपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृहमन्त्रालयबाट भूकम्प पीडितहरुका लागि त्रिपाल र कम्बल आइपुगेकाले सम्भवतः आजै वितरण गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गृह मन्त्रालयबाट त्रिपाल र कम्बल आइपुगेको छ, अन्य राहतको लागि प्रक्रिया भइरहेकाले हामी आजै त्यहाँ गएर सम्भवतः कम्बल र त्रिपाल वितरण गर्छौँ ।’
बुधवार राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर गएकाे ६ दशमलव ६ रेक्टर स्केलकाे भूकम्पमा परि यस गाउँका ६ जनाको ज्यान गएकाे छ । ७ जना घाइते भएका छन् । भूकम्पबाट आठ वटा घर पूर्ण रुपमा क्षति पुगेकाे छ भने दर्जनाैँ घरमा आंशिक क्षति पुगेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।