क्रिसमस नजिकिँदै गर्दा मुख्य शहरका सडक, पसल, रेस्टुराँ लगायतम...
पुस ८, २०८१ सोमबार
इलाम – यौन दुर्व्यवहारको अभियोगमा इलाम अस्पतालका एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।
बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा जिल्ला अस्पताल इलामको आँखा उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी दिपक सुवेदी पक्राउ परेका हुन् ।
नवलपरासी घर भइ इलाम अस्पतालको आँखा उपचार केन्द्रमा कार्यरत सुवेदीलाई इलाम नगरपालिकाकी १७ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो ।
पीडितको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।