अस्ट्रेलियाले शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने

 मंसिर ४, २०७९ आइतबार ६:२७:१७ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अस्ट्रेलियाले हजारौँ शरणार्थीलाई विदेश भ्रमणको अधिकार दिने घोषणा गरेको छ । साथै आवश्यकताअनुसार अध्यागमनसम्बन्धी कानुन पनि संशोधन गरिने भएको छ ।

अस्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु गिल्सले शरणार्थीलाई विदेश यात्रा गर्न र देश फर्कन अनुमति दिने घोषणा गर्नुभएको हो । त्यस्तै सङ्घीय सरकारले जुलाई २०१३ अघि डुङ्गाबाट अस्ट्रेलिया आएका शरणार्थीलाई पारिवारिक पुनर्मिलन प्रवेशाज्ञाका लागि अनुमति दिनेछ ।

नयाँ प्रावधानले एक दशकभन्दा लामो समय परिवारबाट अलग भएकाहरू लाभान्वित हुने अपेक्षा गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । शरणार्थीलाई तेस्रो देशमा यात्रा गर्न पनि सहज हुनेछ ।

अस्ट्रेलिया सरकारले शरणार्थीहरूलाई न्युजिल्यान्ड, क्यानडा र अमेरिकामा बसोबास गराउने विकल्प खोजिरहेको छ। 
 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया