एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
गाेरखा - पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफू कुनै पदको आकाङ्क्षी नभएको बताउनुभएको छ ।
पालुङटार नगरपालिका-१ को अन्नपूर्ण मावि 'क' मतदान केन्द्रमा मतदान गरेपछि उज्यालोसँग कुरा गर्दै उहाँले भावी राष्ट्रपतिको सन्दर्भमा आफूले केही नसोचेको बताउनुभयो । कतैबाट प्रस्ताव पनि नआएको र आफू पनि आकाङ्क्षी नरहेको उहाँको भनाइ छ ।
चुनावको क्रममा चलेको 'नो नट अगेन' लगायतका अभियानलाई उहाँले पुराना दलप्रतिको आक्रोशको अभिव्यक्तिका रूपमा टिप्पणी गर्नुभयो ।
यस्ता अभियानले परम्परागत दललाई सच्चिनको लागि दबाब बढाएको उहाँको भनाइ छ । भट्टराई ९३ वर्षका बुबा भोजराज भट्टराईसहित मतदान गर्न आउनुभएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।