धादिङ १ को प्रदेश सभा (क) र धादिङ २ काे (क) मा कांग्रेस विजयी

 मंसिर ७, २०७९ बुधबार २०:४४:२६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) र धादिङ २ काे (क) मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रदेश सभा क मा सत्ता गठबन्धनबाट कांग्रेसका मदुकुमार श्रेष्ठ १७ हजार ८ सय ३२ मतसहित विजयी हुनुभयाे । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश आचार्यले १६ हजार ५ सय ३८ मत ल्याउनुभयाे । उहाँहरूबीच १ हजार २ सय ९४ मतकाे अन्तर छ । 

७३ हजार १ सय ५७ जना मतदाता रहेका यस प्रदेशमा ४४ हजार ६ सय १२ जनाले मतदान गरेका थिए ।

धादिङ २ काे प्रदेश सभा (क) मा पनि सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द लम्साल १९ हजार ४ सय  १९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका डा. रामकुमार अधिकारीले १६ हजार ४ सय २२ मत प्राप्त गर्नुभयाे । उहाँहरूबीच २ हजार ९ सय ९७ मतकाे अन्तर छ । 

७० हजार ७ सय १ मतदाता रहेका यस क्षेत्रमा ३७ हजार ९ सय २२ जनाले मतदान गरेका थिए ।

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया