एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा गठबन्धनले सोचेजस्तो परिणाम नआएको बताउनुभएको छ ।
गोरखाबाट निर्वाचित भएपछि आयोजना गरिएको धन्यवाद सभामा बोल्दै प्रचण्डले जुन उद्देश्य र लक्ष्य लिएर गठबन्धन गरिएको चुनावबाट त्यो पूरा नभएको बताउनुभयो । उहाँले आफूले गोरखाका अन्य कार्यक्रमलाई थाती राखेर काठमाण्डौमा गठबन्धनका नेताहरूसँग तुरुन्तै छलफल थाल्ने पनि बताउनुभएको छ ।
‘गठबन्धन परिणमको रूपमा हेर्दा त सफल भएको छ, तर हामीले सोचेजस्तो परिणाम भएन भन्ने पनि छ, नसोचेका केही कुरा भए, त्यसैले यहाँ सकेर तुरुन्त काठमाण्डौ जानु पर्ने भएको छ’ प्रचण्डले भन्नुभयो ‘गठबन्धनको बैठक तुरुन्त बस्नुपर्ने भएको छ, अपेक्षा गरेको जस्तो भएन, गठबन्धन दलहरूले जरुरी गृहकार्य गर्नुपर्ने भएको छ ।’
प्रचण्डले ७५ वर्ष लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो ‘अहिलेसम्मको उपलब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु, यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो, हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ, अब पनि त्यस्तै पहल आवश्यक देखियो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।