उत्तर कोरियालाई विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति बनाउने नेता किमको दाबी

 मंसिर १२, २०७९ सोमबार ७:२६:३३ | एजेन्सी
unn.prixa.net

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशलाई विश्वकै सबैभन्दा शक्तिशाली आणविक शक्ति केन्द्र बनाउने बताउनु भएको छ । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको र यो अमेरिकी मुख्य भूमिमा पुग्न सक्ने विश्वास गरिएको उत्तर कोरियाली अधिकारीले दाबी गरेका छन् ।

नेता किमले यो क्षेप्यास्त्रको सफलताका लागि एक सयभन्दा बढी सम्बन्धित अधिकारी र वैज्ञानिकलाई पदोन्नति गरेका अन्तर्रराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । राज्य र नागरिकको गरिमा र सार्वभौमिकताको रक्षाका लागि आणविक शक्तिको निर्माण गर्नु सबैभन्दा ठूलो र सबैभन्दा महत्रत्वपूर्ण प्रगतिको कारण भएको उहाँको भनाइ छ ।

उत्तर कोरियाले विश्वसामु विश्वकै सबैभन्दा बलियो सेना निर्माण गर्ने लक्ष्य प्रदर्शन गरेको पनि किमले बताउनु भएको छ । संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले सन् २००६ यता आणविक तथा क्षेप्यास्त्र गतिविधिका कारण उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने झण्डै एक दर्जन प्रस्ताव पारित गरिसकेको छ । तर उत्तर कोरियाले प्रतिबन्धको बेवास्ता गर्दै आफ्ना आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया