सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
पुस १२, २०८१ शुक्रबार
अफगानिस्तानको तालिबान सरकारले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएको छ ।
सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गर्ने महिला कर्मचारीले उचित ड्रेस कोड पालना नगरेको ‘गम्भीर गुनासो’ आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको अफगानिस्तानको अर्थ मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । महिलालाई काममा नलगाउन निर्देशन गर्दै सबै गैरसरकारी संस्थाहरूलाई सूचना पठाइएको छ ।
इस्लामी हिजाबको पालना नगरिएको र राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्गठनहरूमा महिलाहरूको कामसँग सम्बन्धित अन्य नियम र कानुनहरूको बारेमा गम्भीर गुनासोहरू आएकोले उनीहरूलाई काम नलगाउन आग्रह गरिएको सूचनामा उल्लेख छ ।
अफगानिस्तानको अर्थ मन्त्रालयका प्रवक्ताले यो आदेशबारे पुष्टि गर्दै सरकारको निर्देशनलाई पालना गर्न सबै सङ्घसंस्थासँग आग्रह गरेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तालिबान सरकारले केही दिन अघि मात्रै महिला तथा किशोरीले उच्च शिक्षा लिन नपाउने निर्णय गरेको थियो ।
दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि महिला तथा किशोरीका अधिकारमाथि हस्तक्षेप हुँदै आएको छ । उनीहरुलाई धेरैजसो सार्वजनिक स्थल र कार्यमा प्रतिबन्ध छ । तालिबान सरकार महिला अधिकारका विषयमा झन् झन् अनुदार बन्दै गएको भन्दै आलोचना तथा प्रदर्शन हुँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।