एनपीएल विजेता जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड गर्ने
पुस १२, २०८१ शुक्रबार
युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले आफ्ना नागरिकलाई रुसी आक्रमणको सामना गर्दै क्रिसमस मनाउन आग्रह गर्नुभएको छ ।
क्रिसमस दिवसका अवसरमा उहाँले देशको स्वतन्त्रता अहिलेका लागि सबैभन्दा ठूलो मूल्य रहेको बताउनुभएको छ । रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणका कारण अहिले लाखौँ युक्रेनी बिजुलीविहीन छन् । चिसोमा उनीहरु कष्टकर दैनिकी बिताउन बाध्य छन् । धेरै युक्रेनीका लागि क्रिसमस पनि अँध्यारो र चिसोमा नै बित्नेछ ।
युक्रेन सरकारले सकेसम्म छिट्टै विद्युत् सेवा सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जनाएको छ । युक्रेनको दक्षिणी खेरसन सहरमा रुसी हवाई आक्रमण भइरहेको छ । त्यहाँ पछिल्लो पटकको आक्रमणमा १० जनाले ज्यान गुमाएका युक्रेनी अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
अधिकारीहरूले थप ६८ जना घाइते भएका र स्थानीय बासिन्दालाई आवश्यक रक्तदान गर्न आह्वान समेत गरेका छन् । रुसले गएको फ्रेबुअरी २४ मा आक्रमण गरेपछि कब्जा गरेको एकमात्र क्षेत्रीय राजधानी खेरसनलाई युक्रेनले गएको महिनामुक्त गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।