त्रिविमा स्ववियु चुनावको तयारी
पुस १२, २०८१ शुक्रबार
चीनमा १६ देखि २४ वर्ष उमेर समूहका झण्डै दुई करोड मानिस बेरोजगार रहेका एक तथ्याङ्कले देखाएको छ । सहरी युवाको जनसङ्ख्या १० करोड ७० लाख रहेको र त्यसमा झण्डै दुई करोड कामविहीन रहेका चीनको आधिकारिक तथ्याङ्कमा आधारित सीएनएनको अध्ययनले देखाएको हो ।
तथ्याङ्कले ग्रामीण बेरोजगारीलाई समावेश गरेको छैन । चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ । सन् २०२२ को मार्चमा १५ दशमलव ३ प्रतिशत बेरोजगार दर रहेकोमा अप्रिलमा बढेर १८ दशमलव २ प्रतिशत पुगेको छ । त्यस्तै जुलाईमा १९ दशमलव ९ प्रतिशत पुगेकोमा अगष्टमा यो दर केही घटेर १८ दशमलव ७ प्रतिशतमा झरेको छ । तर अझै पनि अहिलेसम्मकै उच्चतम बिन्दुमा रहेको राष्ट्रिय तथ्याङ्क विभागको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
कोभिड–१९ का कारण हुन सक्ने गम्भीर बेरोजगारीका कारण पाँचमध्ये एक जना सक्षम चिनियाँले रोजगारी गुमाएका रिपोर्टमा उल्लेख छ । कोभिड–१९ तथा रूस–युक्रेन युद्धका कारण विश्वव्यापी प्रभाव चीनले पनि बेहोरेको कारण आर्थिक मन्दीको सामना गर्नुपरेको र कम्पनीहरूले आफ्ना कर्मचारीलाई कटौती गर्ने नीतिका कारण बेरोजगारी दरमा वृद्धि भएको हो ।
विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी शाओमीले पनि आफ्ना कर्मचारीलाई कटौती गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।