कैलालीको टीकापुरमा रक्तअल्पता कम गर्न किशोरीहरूलाई आइरन चक्की...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको सेमिफाइलन समीकरण पूरा भएको छ । आज बुधवार भएकाे खेलमा लुम्बिनीलाई हराउँदै मधेस प्रदेश सेमिफाइलनमा पुगेसँगै चार वटै टोलीको टुङ्गो लागेको हो । यसअघि हिजो मङ्गलवार नै प्रदेश १, सुदूरपश्चिम र एपीएफ क्लब अन्तिम चारमा पुगिसकेका छन् ।
आज मधेसले लुम्बिनीलाई १६ रनले हरायो । जितका लागि एक सय आठ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धाारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रनमात्रै बनायो । लुम्बिनीका लागि मधु डिसी र रञ्जु श्रेष्ठले समान २१ रन बनाए । मधेसकी भूमि सिंहले दुई विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मधेसले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय सात रन बनाएको थियो । मधेसका लागि साना प्रविनले सर्वाधिक ४६ रन बनाइन् । लुम्बिनीकी मनीसा राना, सरस्वती पुन र विभास्ना बिसीले एक/एक विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।