२ गाेलले पछि परेकाे सिटीले उत्कृष्ट पुनरागमन गर्दै टाेटेनहमलाई हरायाे

 माघ ६, २०७९ शुक्रबार ६:५८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले टोटेनहम हट्सपुरलाई हराएको छ ।

आज बिहान सकिएको खेलमा सिटीले टोटेनहमलाई ४–२ गोलले हरायो । पहिलाे हाफमा दुई गाेलले पछि परेकाे सिटीले दाेस्राे हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन अङ्क जाेडेकाे हाे ।

टाेटेनहमका लागि डेजन कुलासेभाकीले खेलकाे ४४ औँ मिनेटमा गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । त्यसकाे केहीबेरमै पहिलाे हाफकाे इन्ज्युरी समयमा इमर्सन राेयलले गाेल गर्दै टाेटनहमलाई २–० काे अग्रता दिलाएका थिए । तर त्याे अग्रता धेरै बेर टिकेन । खेलकाे ५१ औँ मिनेटमा सिटीका जुलियन अलभारेजले गाेल गर्दै खेल २–१ काे अवस्थामा पुर्‍याए । त्यसकाे दुई मिनेटमै एर्लिङ हाल्यान्डले गाेल गर्दै खेल २–२ काे अवस्थामा पुर्‍याए । खेलकाे ६३ औँ र ९० औँ मिनेटमा रियाद महरेजले गाेल गर्दै सिटीलाई ४–२ गाेलले विजयी गराए ।

जितसँगै सिटीको १९ खेलमा ४२ अङ्क भएको छ । सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ । २० खेल खेलेकाे टाेटेनहम ३३ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ । एक खेल कम खेलेको आर्सनल ४७ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया